काठमाडौं । नेपाली कांग्रेस दोलखाको प्रदेश महाधिवेशन प्रतिनिधिमा दीपकुमार पाण्डे (महेश) सर्वसम्मत चयन भएका छन्। उनको चयनसँगै कांग्रेसको युवापुस्तामा जुझारु र सक्रिय नेतृत्व थपिएको आभास भएको बताइएको छ।
राजनीतिमा लामो समयदेखि सक्रिय पाण्डेलाई बौद्धिक, अनुभवी तथा संगठन निर्माणमा सक्रिय व्यक्तित्वका रूपमा लिइन्छ।
पार्टी संगठनलाई मजबुत बनाउन तथा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमता भएका पाण्डेले आगामी दिनमा युवाहरूलाई पार्टीसँग जोड्दै संगठन विस्तारमा भूमिका खेल्ने अपेक्षा गरिएको छ।
समावेशी राजनीतिक अभ्यास र सबै समुदायको प्रतिनिधित्वलाई प्राथमिकता दिने पाण्डेले पार्टीभित्र समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने कांग्रेसका स्थानीय नेताहरूको भनाइ छ।
पाण्डेको सर्वसम्मत चयनलाई कांग्रेस दोलखामा युवा पुस्ताको सहभागिता र नेतृत्व विकासतर्फको कदमका रूपमा समेत हेरिएको छ।




























