काठमाडौं : वैदेशिक रोजगारीको लोभ देखाएर कोरिया पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट पक्राउ गरेको हो ।
पक्राउ परेकी व्यक्ति ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका-१ घर भई काठमाडौंको नक्साल बस्ने ३८ वर्षीया साहारा सुव्वा (थेबे) रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनले कम्तीमा ९ जना व्यक्तिसँग कोरिया पठाइदिने भन्दै १ करोड ८ लाख ३० हजार रुपैयाँ असुलेको खुलेको छ।
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गतिविधि पछिल्ला वर्षहरूमा बढ्दो छ। ठगीमा परेका अधिकांश व्यक्ति ग्रामीण क्षेत्रका युवाहरू हुने गरेका छन् ।
पक्राउ परेका सुव्वालाई थप अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभागमा बुझाइएको बताइएको छ ।


























