काठमाडौं । किंग्स् कलेजले कम्प्युटर साइन्स्मा शैक्षिक अध्यापन संचालन भएको छ ।
किंग्स् कलेजले स्वदेशमा प्रविधीको विकासमा योगदान पुर्याउने उदेश्यका साथ ब्याचलर्स् अफ साइन्स् इन कम्युटर साइन्स् शैक्षिक कार्यक्रम संचालनमा ल्याउएको हो ।
अमेरिकास्थित वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धमा संचालन हुने यस चार वर्षे शैक्षिक पाठ्यक्रमले विश्वस्तरमा प्रविधीको क्षेत्रमा भइरहेको दु्रत विकासलाई आत्मसाथ गरी सोबाट लाभ लिन पछिल्लो पिढीलाई सबल बनाउने उदेश्य राखेको छ ।
यस विषयमा हासिल गरिने डिग्री केबल औपचारिक शिक्षामात्र नभइ नवप्रबर्तनमा आधारित आर्टिफिसियल इन्टिलिजेन्स, मसिन लर्निङ्ग, इन्टरनेट अफ थिङ्स, इन्टिलिजेन्ट एप विकास लगायतका क्षेत्रमा सफलता हालिस गर्ने औजार समेत भएको कलेजले जनाएको छ ।




























