काठमाडौं । निजी प्राविधिक शिक्षालय महासंघ बागमती प्रदेश कमिटीको प्रदेश भेला तथा दोस्रो महाधिवेशन यहि शनिबार सम्पन्न भएको छ ।
काठमाडौंमा भएको केन्द्रीय महाधिवेशनले बागमती प्रदेश अध्यक्ष तथा केन्द्रीय उपाध्यक्षमा निर्वाचित रमेशजंग कुँवरको नेतृत्वमा ९ सदस्य प्रदेश कमिटी गठन गरेको छ ।
प्रदेश कमिटी उपाध्यक्षमा अमृत बहादुर बुढाथोकी, सचिवमा सी.पी.शर्मा नेपाल, कोषाध्यक्षमा पुष्पराज श्रेष्ठ र सह-सचिवमा पवन वैद्य चयन भएका छन्।
त्यस्तै, कार्यसमिति सदस्यरुमा लक्ष्मी अधिकारी, गंगा शर्मा, बिष्णु त्रिपाठी र अमर अमात्य रहेका छन् । उक्त भेलामा प्रमुख अतिथि ई.शैलेन्द्र मोहन झा, विशिष्ट अतिथिमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम प्रसाद पौडेल, विशेष अतिथि केन्द्रीय महासचिव भुवन चक्र जोशी र केन्द्रीय सदस्य तथा महिला नेतृ सिन्धु मल्ललगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन सी.पी. शर्मा नेपालले गरेका थिए।





























