काठमाडौं। गैरआवासीय नेपाली संघसँग आबद्ध राष्ट्रिय समन्वय परिषद् जापानको विधान २०२१ को क्षेत्रीय भेला हुने भएको छ।
एनसीसी जापान अन्तरगतका क्षेत्रीय समितिका भेला गरेर क्षेत्रीय समितिहरुको वार्षिक नीति तथा योजनासँगै राष्ट्रिय समन्वय परिषद् जापानको वार्षिक नीति तथा योजना बारेमा प्रशिक्षण हुने भएको हो ।
एनआरएनए जापानको आयोजना तथा सिजुओका क्षेत्रीय समितिको स्थानीय व्यवस्थापनमा क्षेत्रीय भेला ‘२०२४’हुने भएको आयोजकले बताएको छ ।
एनआरएनएका अभियन्ताहरु एनआरएनए एनसीसी जापानका सम्पूर्ण कार्यसमितिका पदाधिकारी, सदस्यहरु, क्षेत्रीय समितिका पदाधिकारी सदस्यहरुसहित एनआरएनसंग चासो र सरोकार राख्ने सम्पूर्ण जापानबासी नेपालीहरुमा उपस्थितिको लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले अपिल गरेको छ ।
एनआरएनए जापानको कार्यकाल २०२३-२०२५ आगामी २१ जनवरी, २०२४ मा सकिन लागेको हो ।
कार्यक्रम हुने स्थान समय
मिति: २०२४ जनवरी २१ तारिख
स्थान: SHIZUOKA Granship Hall
〒422-8019 静岡県静岡市駿河区東静岡2丁目3−1
054 203 5713
समय: 11:00-16:00
Contact: Devraj Upreti 080-4287-1414 Raju Dangol 080-4313-6911




























