काठमाडौं । वैदेशिक रोजगार वोर्ड सचिवालयका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती र मलेसियाको निजी कम्पनी (FWWMC)का प्रतिनिधिबीच गोप्य ढंगले गरिएको सम्झौताप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ ।
कामदारहरुको हकहितमा काम गर्ने सरकारी संस्था वैदेशिक रोजगार वोर्ड सचिवालयले मलेसियाको निजी कम्पनीसँग गोप्य सम्झौता गर्नु गैरकानुनी भएको भन्दै संघले आपत्ति जनाएको हाे । निर्देशक डा. उप्रेती र (FWWMC) का प्रतिनिधिबीच गोप्य ढंगले गरिएको सम्झौतालाई संघले गम्भीररुपमा लिईको छ ।
एकाधिकार कायम गर्ने गिरोहले कामदारको कल्यानकारी लाभको ललिपप देखाएर सो संस्थाबाट मलेसिया रोजगारीलाई आफ्नो मातहातमा ल्याई एकाधिकार कायम गराउने नियोजित योजनको भुमरीमा वोर्डको कार्यकारी निर्देशक आफै फसेको विज्ञप्तिमा भनिएको छ । मलोसियाको रोजगारदाता र कामदारको व्यक्तिगत विवरण निजी कम्पनीलाई रेकर्ड राख्न दिनु त्रुटिपूर्ण रहेको छ ।
विवादास्पद निर्णय सम्झौता गर्ने कार्य वोर्डको कार्यकारी निर्देशकको क्षेत्रअधिकार नभएकाले उक्त सम्झौता तुरुन्तै खारेज गर्न कार्यकारी निर्देशकसँग संघले माग गरेको छ । विवादास्पद सम्झौता नसच्याएमा संघले चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्वारा निकालिएको विज्ञप्ति हेर्नुहोस् ।
मलेसियाको निजी कम्पानी FWWMC (Foreign worker welfare management center) र वैदेशिक रोजगार बोर्ड सचिवालयबीच नेपाली कामदारहरु र मलेसियाका रोजगारदाताहरुको सम्पूर्ण तथ्यांक राख्ने बारेमा सम्झैता भएको भन्ने समाचारप्रति नेपाल वैदेशिक रोजगार व्यवासायी संघले गम्भीर ध्यानाकर्षण भएको छ । कामदारहरुको भलाइमा काम गर्ने सरकारी संस्था वैदेशिक रोजगार वार्ड सचिवालयले मलेसियाको निजी कम्पनीसँग सम्झौता गर्नु गैरकानुनी हो । वैदेशिक रोजगार वार्ड सचिवालयका कार्यकारी निर्देशक डा। द्वारिका उप्रेती र FWWMC का प्रतिनिधिबीच गोप्य ढंगले गरिएको सम्झौतालाई यस संघ गम्भीररुपमा लिई उक्त कार्यको घोर आपत्ति जनाउँदछ । नेपालीहरुको आकर्षक गन्तव्य मुलुक मलेसियाको रोजगारीमा एकाधिकार जन्माउन विभिन्न कालखण्डमा विभिन्न तरिकाबाट असफल प्रयत्न हुने गरेको इतिहास छ । एकाधिकार कायम गर्ने गिरोहले कामदारको कल्यानकारी लाभको ललिपप देखाएर सो संस्थाबाट मलेसिया रोजगारीलाई आफ्नो मातहातमा ल्याई एकाधिकार कायम गराउने नियोजित योजनको भुमरीमा वोर्डको कार्यकारी निर्देशक फसेको देखिन्छ । यस्ता सिन्डीकेटधारीले ल्याएको योजनाबारे यस संघलगायत विभिन्न संस्थाहरुसँग छलफल र जानकारी बिना गोप्य सम्झौता गर्नु आपत्ति छ, सम्झौताको बारेमा गम्भीर प्रश्न उब्जिएको छ । सम्पूर्ण साझेदार संस्थाहरुसँग छलफल र अध्ययन बिना हतारमा निर्णय गर्नु गलत र त्रुटिपूर्ण रहेको हाम्रो ठम्याइ छ । कल्यानकारी कार्यको नाम धारणा गरी चोरबाटोबाट विवादास्पद व्यक्तिसँग जोडिएको निजी कम्पनीसँग भएको सम्झौताले भविष्यमा मलेसियाको रोजगारीमा एकाधिकार कायम गर्ने आधार तय भएको देखिन्छ । अझ मलोसियाको रोजगारदाता र कामदारको व्यक्तिगत विवरण निजी कम्पनीलाई रेकर्ड राख्न दिनु त्रुटिपूर्ण रहेको छ । यस्ता विवादास्पद निर्णय सम्झौता गर्ने कार्य वोर्डको कार्यकारी निर्देशकको क्षेत्रअधिकार नभएकाले उक्त सम्झौता तुरुन्तै खारेज गर्न कार्यकारी निर्देशकसँग माग गर्दर्छौ । विवादास्पद सम्झौता नसच्याएमा संघले चरणबद्ध आन्दोलन कार्यक्रम घोषण गर्ने यसै विज्ञप्तिमार्फत जानकारी गराउँदर्छौ ।



























