वैदेशिक रोजगार व्यवशायी गणतान्त्रिक मञ्चले व्यवशायी संघको चुनाव सार्न नहुने माग साख्दै आज हस्ताक्षर संकलन कार्यक्रको आयोजना गरेको छ । लर्ड पार्टि प्यालेश धुम्बाराहीमा भयको उक्त कार्यक्रमको प्रमुख वक्ताको रुपमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल( राजन )को प्रमुख आतिथ्यमा सम्पन्न गरेको उक्त कार्यक्रममा वोल्नु हुँदैं वैदेशिक रोजगार व्यवशायी संघको चुनावको तिथी मिति तय भएको यस्तो अन्तिम अवस्थामा आएर कांग्रेस एमाले निकट व्यवशायी साथीहरु डराएर चुनाव सार्न लागीपरेको हुँदा सोको कानुनी बाटो जान सुझाव दिनुभयो । भोलीका दिनमा आफुले पनि व्यवशायीहरुका सकारात्मक मागहरुमा सदैव सहयोग गर्ने वचन व्यक्त गनुकासाथै व्यवशायीक एकतालाई सदैव ध्यान दिनु पर्ने बताए । गणतान्त्रिक मञ्चका साथीहरुले यो पनि बुझ्नु पर्छ की तानासाहि विचार भएका व्यक्ति प्रवृतिलाई परास्त गर्न तपाई हामी लाग्नु पर्नेछ र जित एकदिन हुने बताए । माघ ६ गते बाट नै आफ्नो कार्यकाल सकिएको संघको कार्यसमीतीले चुनाव २०८२ असार १७ गते सार्नु कानुन त नमिल्ने धारणा गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसीले राख्नु भयोे । कार्यक्रम संचालन भने गणतान्त्रिक मञ्चका माहासचिव कुन्छादोर्जे डिमदोङले गर्नु भएको थियो ।



























