नेपाल वैदेशिक रोजगार व्यवशायी संघले आफ्नै भवन खरिद गरेको छ । काठमाण्डौं महानगर पालीका वडा नं. ३१ सिफल स्थित ६ आना १ पैसा क्षेत्रफलमा रहेको घर र जग्गा खरिद गरेको हो । उक्त घरजग्गा ४ करोड ५३ लाख १४ हजार मुल्यमा खरिद गरेको बताइएको छ । उक्त भवनमा संघको कार्यालय संचालन भईसकेका छ ।
संघ स्थापना भएको ३२ वर्ष पश्चात आफ्नै प्रशासनिक भवन खरिद गर्नु गौंरवको कुरा हो यसको श्रेर्य सम्पुर्ण वैदेशिक रोजगार व्यबशायीहरुका साथै यो पकिल्पना लाई साकार पार्न विशेष सहयोग गर्नुहुने सल्लाहकार रघु पुरी, सम्पुर्ण अग्रज ब्याबसायीहरु, भवन खरिद समितिका अग्रजहरु, संघ कार्यसमिति, संघका पुर्व अध्यक्षहरु, सम्पुर्ण सहयोगदाता, व्यवसायीज्युहरुमा अध्यक्ष राजेन्द भन्डारीले हृदयदेखी आभार ब्यक्त गर्नु का साथै आगामी दिनहरुमा समेत यी र यस्तै कार्यको सहयोगको लागी व्यवशायीहरुसँग सहयोगको अपेक्षा गरेको बताए ।



























