गैर आवासीय नेपाली संघ एनआर एनएराष्ट्रिय समन्वय परिषद् मलेसियाको नवौं महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। महाधिवेशनले सन् २०२५-२०२७ कार्यकालका लागि राकेश प्रसाद महतोको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। यस कार्यकाल श्रमिकमैत्री हुने र आफ्नै पहलमा स्थापित राज्य समितिहरूलाई आवश्यक सहयोग र समन्वय प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
नवनिर्वाचित पदाधिकारीहरू
अध्यक्ष : राकेश प्रसाद महतो
उपाध्यक्षहरू : राजु तामाङ ,नारायण अधिकारी ,विनोद पाण्डे र अनिल कुमार चौधरी
महिला उपाध्यक्ष : लीला मगर
युवा उपाध्यक्ष : सन्तोष पौडेल
महासचिव : विष्णु प्रसाद बराल
सचिवहरू : उमेश कोइरी महतो र रमेश पौडेल
कोषाध्यक्ष : खेमराज खत्री
सह(कोषाध्यक्ष : सुरेश कुमार देवकोटा
युवा संयोजक : राजन हायु राई
महिला संयोजक : शोभा कुमारी खड्का
सदस्यहरू
हरिबहादुर बस्नेत ,कैलाश बिष्ट ,रूपेश बी.के ,बाबुराम थापा मगर,टिपेन्द्र बुडा मगर,इन्द्र प्रकाश भण्डारी,छेवाङ लामा,चित्रबहादुर थापा र दीपक प्रसाद यादव छन्।
नवनिर्वाचित कार्यसमितिले मलेसियामा रहेका सम्पूर्ण नेपाली श्रमिकहरूको हकहितका लागि काम गर्ने र राज्य समितिहरूसँगको समन्वय लाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।



























