वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र निर्देशक उपेन्द्रराज पौडेलसँग व्यवसायीहरूका समसामयिक विषयमा छलफल गरेको छ । मञ्चका अध्यक्ष धन लाल जैसी लगाएत कार्यसमीती पदाधिकारीहरूले वैदेशिक रोजगार व्यवसाय सञ्चालनमा देखिएका विभिन्न चुनौती र समस्याहरूका बारेमा विभाग सँग छलफल गरेको हो।
हिजोभएको छलफलका क्रममा इजाजतप्राप्त वैदेशिक रोजगार व्यवसायीहरूले भोग्नुपरेका प्रक्रियागत झन्झट, नीतिगत अस्पष्टता, श्रमिकका हित विषयहरू, संख्या सयकोको अन्यौलता समाधान र वर्तमान अवस्थाबारे विस्तृत रूपमा कुराकानी भएको बुझिएको छ। मञ्चले व्यवसायीमैत्री वातावरण निर्माणका लागि विभागसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक सुधारका लागि सुझावसमेत दिएको हो।
विभागका महानिर्देशक भट्टराई र निर्देशक पौडेलले व्यवसायीहरूका गुनासा र सुझावहरूलाई गम्भीरतापूर्वक लिएको र वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन विभाग प्रतिबद्ध रहेको बताउनुभएको छ।



























