काठमाण्डौं – कतारमा पछिल्ला केही दिनयता तापक्रममा अत्यधिक वृद्धि भएसँगै कतार मौसम विज्ञान विभागले आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ। तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको र आगामी दिनमा अझ बढ्न सक्ने सम्भावना रहेकाले विशेष सावधानीका उपायहरू अपनाउन विभागले सुझाएको छ।
मौसम विभागका अनुसार, कतारमा अहिले गर्मी मौसमको उत्कर्ष चलिरहेको छ। दिउँसोको समयमा तातो हावा चल्ने र खुला ठाउँमा काम गर्नेहरूलाई विशेषगरी स्वास्थ्य जोखिम बढ्ने चेतावनी दिइएको छ। विभागले अत्यावश्यक कामबाहेक दिउँसो घरबाहिर ननिस्कन र निस्कनै परेमा घामबाट बच्ने उपायहरू अपनाउन अनुरोध गरेको छ।
विभागद्वारा जारी गरिएका सावधानीका उपायहरू
पानी प्रशस्त पिउनेस् शरीरमा पानीको मात्रा कमी हुन नदिन प्रशस्त पानी, फलफूलको जुस तथा झोल पदार्थ पिउनुपर्ने।
हल्का कपडा लगाउनेस् हल्का र खुकुला कपडा लगाउने, जसले शरीरलाई चिसो राख्न मद्दत गर्छ।
छायामा बस्नेस् दिउँसोको समयमा सकेसम्म छायामा बस्ने वा वातानुकूलित स्थानमा रहने।
शारीरिक परिश्रम नगर्नेस् दिउँसोको चर्को घाममा अत्यधिक शारीरिक परिश्रम हुने काम नगर्ने।
बालबालिका र वृद्धवृद्धाको विशेष ख्याल राख्नेस् बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूलाई गर्मीको बढी असर पर्न सक्ने भएकाले उनीहरूको विशेष ख्याल राख्न आग्रह गरिएको छ।
घामबाट बच्ने उपायस् बाहिर निस्कँदा छाताको प्रयोग गर्ने, टोपी लगाउने र सनग्लास लगाउने। सुझाव दिएका छन्।
कतारको जनस्वास्थ्य मन्त्रालयले पनि गर्मीसँग सम्बन्धित स्वास्थ्य समस्याहरू हिट स्ट्रोकु, हिट एक्जसनु जस्ता समस्याबाट बच्नका लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। कामदारहरूलाई काम गर्ने समयमा आराम गर्न र पर्याप्त मात्रामा पानी पिउनका लागि कम्पनीहरूलाई निर्देशन दिइएको छ।
नेपाली श्रमिकको अवस्था
कतारमा ३ लाख ६४ हजारभन्दा बढी नेपाली श्रमिक कार्यरत छन्। कतार सरकारको आधिकारिक तथ्याङ्कअनुसार यस सङ्ख्यामा ३ लाख ४८ हजार ८ सय ३४ पुरुष र १५ हजार ५ सय ५५ महिला श्रमिकहरू रहेका छन्।
कतारमा नेपाली श्रमिकहरूले निर्माण, होटल,रेस्टुरेन्ट, सुपरमार्केट, सुरक्षा गार्ड लगायतका विभिन्न क्षेत्रमा काम गर्छन्। उनीहरू सरकारी, अर्धसरकारी र निजी क्षेत्रमा कार्यरत छन्। कतार सरकारले श्रमिकहरूको हितका लागि केही सुधारका कामहरू पनि गरेको छ, जस्तै न्यूनतम तलब वृद्धि र कामदारलाई रोजगारदाता परिवर्तन गर्न सकिने सुविधा। यद्यपि, अझै पनि केही श्रमिकहरूले कम तलब र अन्य समस्या भोग्नुपरेको अवस्था पनि देखिन्छ।
नेपालबाट कतार जाने श्रमिकको संख्या पछिल्लो समयमा केही घट्दो क्रममा देखिएको छ, जसको कारण कोभिड महामारीपछिको संकट, बेरोजगारी र श्रम गन्तव्यका बदलिँदो नीतिहरूलाई मानिएको छ।
कतारमा विदेशी कामदारको स्थिति
कतारमा ९२ भन्दा बढी देशका नागरिकहरू काम गरिरहेका छन्। कतारमा विदेशी कामदारको सङ्ख्या कुल जनसंख्याभन्दा बढी छ ।सबैभन्दा बढी भारतीय कामदार कतारमा छन्, जसको सङ्ख्या करिब ७ लाख रहेको छ। भारतीयपछि नेपाली कामदारको सङ्ख्या धेरै रहेको छ।
कतारले आफ्नो विकास निर्माणमा, विशेष गरी विश्वकप फुटबलका लागि आवश्यक पूर्वाधार निर्माणमा, ठूलो सङ्ख्यामा विदेशी श्रमिकहरूलाई परिचालन गरेको छ। यसमा नेपाली श्रमिकहरूको पनि महत्वपूर्ण भूमिका रहेको छ।
त्यसैले , विशेषज्ञहरूले आगामी केही हप्तासम्म कतारमा गर्मी अझ बढ्न सक्ने भएकाले सबैलाई सतर्क रहन र मौसम विभागले जारी गरेका निर्देशनहरू पालना गर्न सुझाव दिएका छन्।



























