झापा इनर्जी लिमिटेडले आफ्नो जारी पूँजीको १० प्रतिशत आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि खुला गरेको छ। कम्पनीले कुल ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गरेको हो।
कम्पनीको ३८ करोड १ लाख ९० हजार रुपैयाँको कुल जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको सेयर स्थानीय प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई छुट्याइएको छ। लगानीकर्ताहरूले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन्। अधिकतम आवेदन सीमा ५ हजार कित्ता तोकिएको बिक्री प्रबन्धकले जनाएको छ।
आयोजना प्रभावित स्थानीय बासिन्दाहरूले साउन २८ गतेभित्र आवेदन दिनुपर्नेछ। यदि उक्त अवधिभित्र माग अनुसारको आवेदन नपरेमा भदौ १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।



























