काठमाडौं, नेपालकै अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वृहत् बिजनेस कन्फरेन्स एक्सिलेन्स प्रोग्राम आयोजना आज साउन १४ गतेदेखि १६ गतेसम्म सोल्टी होटलमा गर्दैछ । तिन दिन सम्म हुने यस कार्यक्रममा कम्पनीका उच्च पदस्थ कर्मचारी र अभिकर्ताहरूको सहभागिता रहनेछ।
कम्पनीले हरेक वर्ष आयोजना गर्दै आएको यो कार्यक्रम व्यवसायिक रणनीति, बजार विश्लेषण, नयाँ योजनाहरूको परिचय र अभिकर्ताहरूको कार्यक्षमता अभिवृद्धिमा केन्द्रित रहनेछ। कार्यक्रममा देशभरबाट उत्कृष्ट प्रदर्शन गर्ने ,कर्मचारी र अभिकर्ताहरूलाई सम्मान गरिनुका साथै आगामी आर्थिक वर्षका लागि नयाँ व्यावसायिक लक्ष्य निर्धारण गरिने बताइएको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न र अभिकर्ताहरूको क्षमता विकासमा निरन्तर लगानी गर्दै आएको छ। यस किसिमका कार्यक्रमहरूले कम्पनीको व्यावसायिक लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ।



























