काठमाडौं : नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा लगातार गिरावट आएको छ ।
बिहीबार पनि घटेको सुनचाँदीको भाउ शुक्रबार पुनः ओरालो लागेको हो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार यस्तो सुन प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यससँगै, बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ ।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला २ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार भने तोलामा ३५ रुपैयाँ घटेर २ हजार २३५ रुपैयाँमा किनबेच भइरहेको छ ।



























