काठमाडौं : नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको खुद्रा बिक्री मूल्यमा समायोजन गरेको छ ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य घटेको छ भने डिजेल र मट्टितेलको मूल्य वृद्धि भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ । पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ ।
यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनअनुसार स्वचालित मूल्य प्रणालीअन्तर्गत मूल्य समायोजन गरेको जनाएको छ ।



























