गैरआवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कको नयाँ कार्यसमिति सुरेश पुनको नेतृत्वमा सर्वसम्मत चयन भएको छ। बुधबार सम्पन्न महाधिवेशनले पुनलाई अध्यक्षमा चुनेको हो।
नवनिर्वाचित कार्यसमितिका उपाध्यक्षहरूमा अर्जुन चौलागाईं र अमृत रिजाल रहनुभएको छ। यस्तै, शैलेन्द्र राई महासचिव र हरितमणि न्यौपाने तथा धुर्व घिमिरे सचिवमा चयन हुनुभएको छ।
कार्यसमितिका अन्य पदाधिकारीहरूमा प्रकाश बुदुजा युवा संयोजक, राकेश श्रेष्ठ कोषाध्यक्ष, मनोज न्यौपाने सह-कोषाध्यक्ष, र उषा अधिकारी महिला संयोजक हुनुहुन्छ।
कार्यसमिति सदस्यहरूमा सुरेश जोशी, सरोज श्रेष्ठ, अजित देवकोटा, राहुल देवन, ध्रुव खनाल, दीपक थापा, र प्रकाश पाण्डे चयन हुनुभएको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यमा भने वरदान पोखरेल चुनिनुभएको छ।
महाधिवेशन अनलाइन माध्यमबाट सम्पन्न भएको थियो, जसमा एनआरएनए आईसीसीका उपाध्यक्ष हेमराज शर्मा प्रमुख अतिथि हुनुहुन्थ्यो। विशेष अतिथिहरूमा आरसी युरोपका चिरञ्जिवी खड्का, डिआरसी युरोपका रोबट लिम्बु, अनुजा प्रधान, सन्तोष भट्टराई लगायत स्थानीय विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।



























