काठमाडौं : स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। यसअघि वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँट भइसकेको छ।
लघुवित्तले २ लाख ३१ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमतिप्राप्त थियो। पहिलो चरणमा कर्मचारी, सामूहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गरी ३५ हजार ८०५ कित्ता शेयर निष्कासन गरिसकेको लघुवित्तले अब बाँकी १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारणका लागि ल्याउन लागेको हो।
प्रतिकित्ता १ सय रुपैयाँ दरको आईपीओ भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ भने त्यो अवधिसम्म आवश्यक मात्रामा आवेदन नपरे ढिलोमा भदौ १३ गतेसम्म खुला रहनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
इक्रा नेपालले लघुवित्तलाई ुइक्राएनपी बी एटदरेटु रेटिङ्ग दिएको छ। निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।



























