काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।
छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन अर्थात बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँ थियो। बुधबार कायम भएको अघिल्लो रेकर्ड शुक्रबार तोडिएको हो।
बिहीबारको बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदी ५ रुपैयाँ घटेको थियो। तर शुक्रबार चाँदीको मूल्यमा १० रुपैयाँको वृद्धि भएको छ। अहिले चाँदी प्रतितोला २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ ।



























