काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नयाँ निर्वाचित राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कार्यसमिति र अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यहरूसँगको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम आज आयोजना गर्दैछ।
कार्यक्रम नेपाल समय अनुसार बेलुकी ५ बजे अनलाइन माध्यममार्फत हुने भएको हो। सहभागी हुन ‘मिटिङ आईडी’ ७६९ ९४२ ५३२९ र पासकोड २०२५ राखिएको छ।
एनआरएनएले कार्यक्रममा संगठनका ताजा गतिविधि, संस्थागत अद्यावधिक र अन्तर्राष्ट्रिय सामान्य सभासम्बन्धी (आइजीए) जानकारी प्रस्तुत गर्ने बताइएको छ ।




























