काठमाडौं : वैदेशिक रोजगार विभागले आफ्नो प्रोमोशनल कोषमा रहेको एक करोड दश लाख पचास हजार रुपैयाँ स्थायी निक्षेप राख्ने उद्देश्यले व्याजदर प्रस्ताव आह्वान गरेको छ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले २०८२ भदौ २७ गतेसम्म कार्यालय समयभित्र विभागमा व्याजदर प्रस्ताव बुझाउनुपर्नेछ। विस्तृत विवरण विभागको वेबसाइट( www.dofe.gov.np ) मा उपलब्ध रहेको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
विभागले प्राप्त प्रस्तावहरू मूल्यांकन गरी उच्चतम व्याजदर दिने बैंक वा वित्तीय संस्थासँग निक्षेप सम्झौता गर्ने जनाएको छ।




























