काठमाडौं : साउदी म्यानपावर सोलुसन्स कम्पनीले साउदी अरबको रियाधस्थित कार्यशाला श्रमिक पदका लागि नेपाली माग गरेको छ।
अञ्जलिमा इन्टरनेशनल प्रालि मार्फत हुने भर्तीका लागि २९ जना पुरुष आवश्यक रहेको सूचनामा उल्लेख छ। कम्पनीले मासिक १ हजार साउदी रियाल तलब दिनेछ। खाना, बसोबास र बीमा सुविधा रोजगारदाताबाट उपलब्ध हुनेछ। करार अवधि दुई वर्षको रहनेछ। आवेदन दिने अन्तिम मिति भदौ १ गते तोकिएको छ।
भर्ना प्रक्रिया वैदेशिक रोजगार विभागमा दर्ता भएको र श्रम स्वीकृति नम्बर ३२८८४९ रहेको सूचनामा जनाइएको छ। इच्छुकले अञ्जलिमा इन्टरनेशनल प्रालि, काठमाडौंमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।




























