काठमाडौं : कुवेतमा रहेको इन्टेग्रेटेड लजिस्टिक कम्पनीले विभिन्न पदका लागि नेपाली कामदारको माग गरेको छ।
‘लक्की एचआर सोलुसन प्रा. लि नामक मेनपावर कम्पनीले प्रकाशित गरेको विज्ञापनअनुसार कम्पनीले ‘क्रेन अपरेटर’ पदका लागि ४९ जना, ‘हेभी ड्युटी ड्राइभर’का लागि ६६ जना, ‘हेभी इक्विपमेन्ट अपरेटर’का लागि ५० जना र ‘लोड एन्ड अनलोडिङ वर्कर’का लागि ५४ जना कर्मचारी खोजेको हो ।
क्रेन अपरेटरको तलव मासिक २५० दिनार,‘हेभी ड्युटी ड्राइभर’को २०० दिनार, ‘हेभी इक्विपमेन्ट अपरेटरको २५० दिनार र ‘लोड एन्ड अनलोडिङ वर्कर’को तलव १०० दिनार रहेको कम्पनीले विज्ञापनमा उल्लेख छ । कम्पनीले कामदारलाई खाना र बस्नको व्यवस्था पनि गर्नेछ।
इच्छुक तथा योग्य उम्मेदवारहरूलाई भदौ २ गते जावलाखेल, ललितपुरमा रहेको ‘लक्की एचआर सोलुसन प्रा. लिको कार्यालयमा अन्तरवार्ताका लागि सम्पर्क गर्न भनिएको छ।




























