काठमाडौं— बालाजु होटल व्यवसायी संघले “रक्तदान जीवनदान” भन्ने नाराका साथ आयोजना गरेको रक्तदान कार्यक्रम हिजो शनीवार सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा बालाजु क्षेत्रका व्यवसायी, स्थानीय बासिन्दा तथा विभिन्न पेसाकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
संघका अध्यक्षले रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यस मानवीय कार्यले समाजमा सकारात्मक सन्देश फैलाएको बताए। उनले रक्तदानजस्तो पुण्य कार्यमा सहभागी भई जीवन बचाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

कार्यक्रमका संयोजकका अनुसार संकलित रगतले बिरामीलाई सहयोग पुग्नेछ र यो कार्यक्रम हरेक वर्ष निरन्तरता दिइने बताउदै रक्तदान कार्यक्रममा सहभागीहरूले यस्ता सामाजिक कार्यले एकता र सद्भाव बढाउने धारणा राखेका थिए।
यस किसिमका सामाजिक गतिविधिले बालाजु होटल व्यवसायी संघ आफ्नो व्यावसायिक जिम्मेवारीका साथै सामाजिक उत्तरदायित्वप्रति पनि सचेत रहेको प्रमाणित गरेको छ।




























