काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले आर्थिक वर्ष २०८२/८३ को लागि मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर बिच कार्यसम्पादन सम्झौता भएको छ।
मन्त्रालयले तोकेको समय, लागत र गुणस्तरमा काम सम्पन्न गरी अपेक्षित नतिजा हासिल गर्ने उद्देश्यले मन्त्री भण्डारी र सचिव डा. पुष्करबीच यो सम्झौता भएको हो।
नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका कार्यक्रमहरूलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न यो सम्झौता एउटा महत्वपूर्ण कदम मानिएको छ।
सम्झौतामा श्रमिकको सुरक्षा, रोजगारी सिर्जना, वैदेशिक रोजगारीको व्यवस्थापन तथा सामाजिक सुरक्षा लगायतका विषयहरू समावेश छन्। यसले मन्त्रालयका कामकारबाहीलाई थप पारदर्शी र जवाफदेही बनाउने अपेक्षा गरिएको छ।



























