काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्ड सचिवालयले वैदेशिक रोजगार सन्तती छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ ।
बोर्ड सचिवालयले यही कात्तिक ३ गते सार्वजनिक गरेको सूचनामार्फत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई तोकिएको अवधिभित्र मृत्यु, अङ्गभङ्ग वा बिरामी भई कल्याणकारी कोषबाट शतप्रतिशत आर्थिक सहायता प्राप्त गरेका कामदारका सन्ततीलाई लक्षित गर्दै छात्रवृत्तिका लागि आवेदन माग गरिएको हो ।
छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीहरूले आफू अध्ययनरत शैक्षिक संस्थामार्फत वैदेशिक रोजगार सन्तती छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० को अनुसूची १० बमोजिमको ढाँचामा निवेदन पेश गर्न कात्तिक महिनाको मसान्तसम्म आवश्यक कागजातसहित निवेदन पेस गर्न बोर्ड सचिवालयले सम्बन्धित व्यक्तिहरूलाई अनुरोध गरेको छ ।




























