काठमाडौं । वैदेशिक रोजगार विभागले पश्चिम एसियाका १२ देशमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति खुला गरेको छ। बिगत केहि महिना अघि देखि पश्चिम एसियामा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै अस्थायी रूपमा रोकिएको श्रम स्वीकृति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आज भएको मन्त्री स्तरीय निर्णयअनुसार खुला गरेको विभागले जनाएको छ।
साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल सबै प्रकारका श्रम स्वीकृति पूर्ववत् रूपमा खुला गरेको बिभागले आज जारी गरेको सुचनामा उल्लेख छ।
साथै , इराकका हकमा भने २०८२ चैत ११ गते मन्त्रिपरिषद्को निर्णय अनुसार हुने जनाएको छ।



























