काठमाडौं । युवा व्यवसायी भुवन श्रेष्ठले काठमाडौंको गोङ्गबुस्थित शान्तिटोलमा ‘अष्टभ क्याफे एण्ड रेष्ट्रो’ सञ्चालनमा ल्याएका छन्।
नयाँ स्वाद, पारिवारिक वातावरण र गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्ने उद्देश्यसहित सञ्चालनमा आएको रेष्ट्रोको उद्घाटन विभिन्न क्षेत्रका व्यक्तित्व, स्थानीय बासिन्दा तथा शुभेच्छुकहरूको उपस्थितिमा गरिएको थियो।
उद्घाटन कार्यक्रममा सहभागीहरूले अष्टभ क्याफे एण्ड रेष्ट्रोको सफलताको शुभकामना व्यक्त गर्दै यसले गोङ्गबु क्षेत्रको खानपान तथा आतिथ्य क्षेत्रमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे।
सञ्चालक श्रेष्ठले ग्राहकलाई स्वादिष्ट परिकार, आत्मीय सेवा र स्वच्छ वातावरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। परिवार, साथीभाइ तथा व्यावसायिक भेटघाटका लागि उपयुक्त गन्तव्यका रूपमा रेष्ट्रोलाई स्थापित गर्ने लक्ष्य रहेको उनले बताए।
रेष्ट्रोमा नेपाली, भारतीय तथा अन्य विभिन्न परिकारका साथै चिया, कफी र विविध पेय पदार्थ उपलब्ध हुने जनाइएको छ। आधुनिक सुविधासहित सञ्चालनमा आएको रेष्ट्रोले स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा समेत टेवा पुर्याउने अपेक्षा छ।
व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय श्रेष्ठ लायन्स क्लब अफ काठमाडौं नेपालया र भुतखेल जुम्बा योग परिवारलगायत विभिन्न संघसंस्थामा आबद्ध छन्। उनी सामाजिक तथा सामुदायिक गतिविधिमा सहभागी हुँदै सेवामूलक कार्यमा सहयोग पुर्याउँदै आएका छन्।
गोङ्गबुको व्यस्त क्षेत्रमा अवस्थित अष्टभ क्याफे एण्ड रेष्ट्रोले स्वाद, सेवा र आतिथ्यमार्फत ग्राहकको विश्वास जित्ने लक्ष्य सञ्चालक श्रेष्ठको छ।



























