काठमाडौं – कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ का काठमाडौं, ललितपुर र भक्तपुरमा बसोबास गर्दै आएका वडावासीहरूका लागि सामाजिक सुरक्षा भत्ता नवीकरणको व्यवस्था गरिएको छ।
वडा नम्बर ६ का वडावासीहरूले भत्ता नवीकरणका लागि शनिबार बिहान ७ बजे काडाघारीस्थित फोर्स पार्क नजिकै रानीधारा छेउमा उपस्थित हुन अनुरोध गरिएको छ।
नवीकरणका लागि उपस्थित हुने लाभग्राहीले नागरिकता प्रमाणपत्र, सामाजिक सुरक्षा भत्ता पासबुक, राष्ट्रिय परिचयपत्रको फोटोकपी, दुई प्रति फोटो तथा भत्ता लिने चेक साथमा ल्याउनुपर्नेछ।
कालिञ्चोक गाउँपालिका–६ का वडा अध्यक्ष भरत पाण्डेले काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने वडावासीहरूको सहजताका लागि उपत्यकामै नवीकरण सेवा उपलब्ध गराइएको जानकारी दिए।
उनले आवश्यक कागजातसहित तोकिएको समय र स्थानमा उपस्थित भई सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न सम्बन्धित सबै लाभग्राहीलाई अनुरोध गरेका छन्।



























