काठमाडौं । नेपाली कांग्रेस दोलखा प्रदेशसभा ‘ख’को प्रदेश महाधिवेशन प्रतिनिधिका लागि दिपकुमार पाण्डे (महेश) ले उम्मेदवारी घोषणा गरेका छन्।
सरल स्वभाव, राजनीतिक अनुभव र संगठनलाई प्रभावकारी रूपमा नेतृत्व गर्न सक्ने क्षमताका कारण पाण्डेले आफ्नो उम्मेदवारीलाई अघि बढाएका हुन्। पार्टी संगठनलाई थप सुदृढ बनाउँदै कार्यकर्ताबीच एकता र सहकार्य कायम गर्ने उद्देश्यसहित आफू नेपाली काङ्ग्रेस दोलखा ( प्रदेश ख) महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेको उनले बताएका छन्।
पाण्डेले पार्टीको नीति, विचार र संगठनलाई बलियो बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, कार्यकर्ताको भावना र सुझावलाई प्राथमिकतामा राखेर पार्टी संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आफ्नो भूमिका रहने बताएका छन्।




























