काठमाडौं । नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ बाट महिला क्लस्टरतर्फ पवित्रा लामा १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी छन्।
बेवारिसे लास व्यवस्थापनदेखि विभिन्न सामाजिक कार्यमा लामो समयदेखि सक्रिय रहँदै आएकी लामा पत्रकारितामार्फत समेत निरन्तर सामाजिक क्षेत्रमा क्रियाशील छिन्।
सामाजिक सेवा र पत्रकारितासँगै राजनीतिक गतिविधिमा समेत सक्रिय रहँदै आएकी लामाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेश महाधिवेशन प्रतिनिधिको जिम्मेवारी सम्हालेकी थिइन्।
१४औँ महाधिवेशनमा प्रदेश महाधिवेशन प्रतिनिधि बनेकी लामा १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महिला क्लस्टरबाट सर्वसम्मत चयन हुनुलाई उनको राजनीतिक यात्रामा महत्वपूर्ण प्रगतिको रूपमा लिइएको छ।
सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रियता, पत्रकारिताको अनुभव र पार्टी संगठनमा निरन्तरको संलग्नताका कारण लामाको पछिल्लो राजनीतिक उन्नतिलाई कांग्रेस वृत्तमा चासोका साथ हेरिएको छ।




























