काठमाडौं । कतार भ्रमणका रहेका परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री अल-थानीसँगको शिष्टाचार भेटवार्तामा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन्।
कतारको राजधानी दोहामा भएको भेटवार्तामा परराष्ट्रमन्त्री साउदले हमासले बन्दी बनाएका विपिनको शीघ्र रिहाइका लागि पहल गरिदिन विशेष अनुरोध हुन्।
परराष्ट्रमन्त्री साउदले कतार र नेपालबीचको जनस्तर लगायतको गहिरो र मित्रवत् सम्बन्धका आधारमा यस मानवीय मामिलामा कतार अधिराज्यसँग नेपाल सरकारले उच्च आशा गरेको बताए।
जवाफमा कतारका प्रधानमन्त्री अल-थानीले विपिन लगायत विदेशी बन्दीको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताएका थिए।



























