काठमाडौं । वैदेशिक रोजगारका लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
धनकुटाको चौबिसे गाउँपालिका वडा-१ घर भइ हाल काठमाडौं बाफल बस्ने लक्ष्मण श्रेष्ठलाई प्रहरीले पक्राउ गरिएको हो ।
विवेक पाठकलाई ५० हजार मासिक तलब हुने भन्दै १ लाख ९५ हजार श्रेष्ठले लिएको प्रहरीले जनाएको छ ।
उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीले श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको बताएको छ ।



























