काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्न लागेको हो।
२ करोड ४९ लाख कित्ता सर्वसाधारणले खरिद गर्न पाउने कम्पनीले जनाएको छ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आइपीओ बिक्री खुला गर्नेछ। सर्वसाधारणले यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।



























