काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने गिरोहसँग सचेत रहन आग्रह गरेको छ ।
इजरायलमा राम्रो रोजगारीको अवसर भन्दै ठगी गर्ने गिरोह सक्रिय भएकाेले सचेत रहन विभागले आग्रह गरेको हो।
इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिकहरू लैजाने सम्बन्धमा नेपाल सरकार र इजरायल सरकारबिच छलफल भइरहेको विभागले जनाएको छ । तर, हालसम्म यस विषयमा कुनै पनि निर्णय भई नसकेको विभागका सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिएका छन्।
इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति तथा समूहहरूले गैर कानुनी रूपमा प्रलोभन देखाइ रकम लिने गरेको सूचना विभागमा आउने गरेको उनको भनाई छ ।
कृषि क्षेत्रको लर्न एण्ड अर्न कार्यक्रम तथा अन्य क्षेत्रको नाममा हुनसक्ने ठगीबाट सचेत रहन विभागले सबैलाई अनुरोध गरेको हो ।
वैदेशिक राेजगार विभागले जारी गरेको सुचना पत्र ।




























