काठमाडौ । वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम संस्थाहरूलाई तीन हप्ताको अल्टिमेटम दिएको छ।
विभागले अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को मापदण्डअनुसार तीन हप्ताभित्र पूरा गर्नुपर्ने अल्टिमेटम दिएको हो ।
अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले पुस १९ गतेभित्र उक्त भौतिक जनशक्ति र पूर्वाधार पूरा गरि अध्यावधिक विवरण विभागमा पेस गर्नपर्ने र मापदण्ड पूरा नगर्ने संस्थाहरूको काम कारोबार रोक्का गरिने विभागका सूचना अधिकारी कविराज उप्रेतीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।



























