काठमाडौं । नेपाल बीमा प्राधिकरणको कानुन नियमन तथा सम्पत्ति शुद्धिकरण विभागको जिम्मेवारी हेरफेर भएको छ ।
कानुन नियमन तथा सम्पत्ति शुद्धिकरण विभागको जिम्मेवारीमा पाँच महिना अघि मात्रै तोकिएका निर्देशक कमलराज रेग्मीको जिम्मेवारीबा हटाइएको छ । र, सो जिम्मेवारी अर्का निर्देशक दिनेशलाल कर्णलाई दिएको छ ।
बीमा प्राधिकरणले गरेका कतिपय निर्णयहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनको दायराभित्रै परेकै बेला कानुन विभागको जिम्मेवारी हेरफेर गरिएको हो ।



























