काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको अवितरित हकप्रद शेयर बोलपत्रद्वारा बिक्री खुला गरेको छ।
कम्पनीले १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर बिक्री गर्ने भएको हो । न्यूनतम प्रति शेयर मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने छन् ।
सेयरमा आज शुक्रबारदेखि २९ गतेसम्म नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाण्डौबाट आवेदन दिन सकिने छ ।




























