ललितपुर । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकाहरुले ईपीएस कोरिया शाखाले लिने परीक्षामा सामेल हुन नपाउँदा आन्दोलन गरेका छन् । शाखाले सिप बिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि ललिपुर तनावग्रस्त बन्न पुगेको हो ।
नेपालको बढ्दो रोजगारीको समस्याले गर्दा ईपीएस परीक्षाको विषयलाई लिएर आन्दोलकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी समेत गर्न भ्याए ।
ललितपुरको बालकुमारीमा मन्त्री ज्वालाले प्रयोग गरेको बा २ झ ५८६१ नम्बरको गाडीमा आगो मात्रै लगाएनन् सडक समेत अबरुद्ध गरेर युवाहरुले अक्रोश व्यक्त गरे । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ । बालकुमारी क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। बेरोजगारीको मारले युवाहरु आक्रन्त बनेका कारण यो दृश्य देख्न र मन्त्रीले भोग्न परेको हो । वैदेशिक रोजगारका लागि प्रत्येक घरका एक वा दुई जना विदेश जान बाध्य हुनुको प्रमुख कारण अस्थिर राजनीतिनै हो ।



























