काठमाडौं । सहसचिव डण्डुराज घिमिरे वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्त भएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रालयका सहसचिव घिमिरेलाई विभागको महानिर्देशकमा पठाएका हुन् ।
घिमिरेले शुक्रबार विभागको महानिर्देशकको रूपमा पद बहाली गरेका हुन् । यसअघिका महानिर्देशक मदन दाहाल ७ महिनामा नै सरुवा भएका थिए ।


























