उद्बब बिश्वकर्मा
काठमाडौं, साउन १७ — शिक्षा, स्वास्थ्य, विपद् राहत तथा मानवीय सेवामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ स्थापित प्रेम पूर्ण प्रताप फाउन्डेसन ले देशका विभिन्न जिल्लामा निरन्तर सामाजिक सेवा सञ्चालन गर्दै आएको छ। संस्थाले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने लक्ष्यका साथ शिक्षा क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको छ। फाउन्डेसनका अनुसार हालसम्म देशका करिब ५२ जिल्लामा शिक्षा, स्वास्थ्य, विपद् राहत तथा बाढी–पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गरिएको छ। साथै विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय पोसाक, झोला, कापी, कलम तथा खेलकुद सामग्री वितरण गर्दै आएको छ। संस्थाकी संरक्षक पद्मा प्रधान दोलखामा जन्मिएर सामान्य परिवारमा हुर्किनुभएको हो। एसएलसी उत्तीर्ण गरेपछि उज्ज्वल भविष्यको खोजीमा काठमाडौं आउनुभएकी उहाँले संघर्षपूर्ण जीवन यात्रा पार गर्नुभएको स्मरण गर्नुहुन्छ। आर्थिक अभाव, कठिन परिस्थिति र अनेक चुनौतीबीच जीवन अघि बढाउँदा आफ्नै सन्तानको विद्यालय शुल्क समयमा तिर्न नसक्दा पढाइमा अवरोध आएको घटना आफ्नो जीवनकै सबैभन्दा पीडादायी अनुभव उहाँ सग छ। यही अनुभवले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको शिक्षामा लगानी गर्ने पध्मा प्रधानमा प्रेरणा आएको हो विगतका ती संघर्ष र पीडालाई आत्मसात गर्दै आज प्रेम पूर्ण प्रताप फाउन्डेसन मार्फत शिक्षा, स्वास्थ्य, विपद् राहत तथा अन्य मानवीय सेवाका क्षेत्रमा निरन्तर सहयोग पुर्याउँदै आइरहनुभएको छ। फाउन्डेसनको औपचारिक शाखा स्थापना नभए पनि आवश्यकताका आधारमा देशभर सहयोग विस्तार गर्दै आएको छ। सामाजिक सञ्जालमार्फत प्राप्त सूचनाको आधारमा वास्तविक पीडितको पहिचान गरी प्रत्यक्ष सहयोग उपलब्ध गराउने कार्यलाई संस्थाले प्राथमिकता दिएको जनाएको छ। फाउन्डेसनकी अध्यक्ष शान्ति श्रेष्ठले शिक्षा र सामाजिक सेवामार्फत आम नेपालीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ प्रेम पुर्ण प्रताप फाउन्डेसन द्वारा विभिन्न कार्यक्रमहरु गर्दै आउनुभएको छ। उहाँका अनुसार संस्थाले अनाथ, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय तहदेखि स्नातकोत्तर, इन्जिनियरिङ, नर्सिङ तथा चिकित्साशास्त्र अध्ययनका लागि प्रेम – पुर्ण प्रताप फाउन्डेसन मार्फत आर्थिक सहयोग गर्दै आएको छ। दोलखासहित देशका विभिन्न जिल्ला तथा समुदायका विद्यार्थीलाई समान अवसर उपलब्ध गराउँदै योग्य र मिहिनेती विद्यार्थीको भविष्य निर्माणमा संस्थाले महत्वपूर्ण योगदान पुर्याउँदै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो। संस्थाको सहयोगमा अध्ययन गरेका विद्यार्थीहरू हाल जर्मनी, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, नेदरल्याण्ड, बेलायत, क्यानडा तथा अमेरिकालगायतका विभिन्न देशमा उच्च शिक्षा अध्ययन गरिरहेका छन्। अध्यक्ष श्रेष्ठका अनुसार विभिन्न स्थानबाट प्राप्त सहयोगका अपिललाई संस्थागत रूपमा छलफल गरी आवश्यकताको आधारमा कार्यान्वयन गरिन्छ। आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, विपद् राहत तथा मानव सेवाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै समाजका विपन्न, असहाय र जेहेन्दार नागरिकसम्म सहयोग विस्तार गर्ने लक्ष्यका साथ फाउन्डेसन निरन्तर सक्रिय रहने जनाएको छ



























