काठमाडौं,-नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघका अध्यक्ष बिपिन रामुदामुले संगठनलाई समयअनुकूल रूपान्तरण गर्दै तल्लो तहसम्म सङ्गठन बिस्तार गरेर आगामी कार्यदिशा तय गर्ने बताएका छन
भविष्यका कार्यक्रमबारे आफ्नो धारणा राख्दै अध्यक्ष रामुदामुले रूपान्तरण अभियानलाई प्रभावकारी बनाउन स्पष्ट कार्ययोजना, जिम्मेवारी बाँडफाँट र संगठनात्मक संरचना आवश्यक रहेको बताए। उनले अभियान केन्द्रबाट प्रतिनिधि खटाएर सञ्चालन गर्ने वा प्रदेशबाट सुरु गर्ने भन्ने विषयमा छलफल भैरहेको र केही दिनमै नेतृत्वको जिम्मेवारी र सङ्गठको कार्यदिशा बारे सार्बजनिक गरिने प्रदेश, जिल्ला र स्थानीय तहसम्म संगठन विस्तारका लागि प्रारम्भिक संरचना तयार गरी योजनाबद्ध रूपमा अघि बढ्ने उल्लेख गर्दै दलित समुदायका युवालाई पार्टी संगठनमा सक्रिय सहभागिता गराउने आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए
अध्यक्ष रामुदामुले नेपाल दलित संघले आगामी दिनमा संगठन सुदृढीकरण, दलित समुदायका अधिकार र अवसर सुनिश्चित गर्ने अभियान, राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार, नेतृत्व विकास तथा पार्टीको रूपान्तरण अभियानलाई जनस्तरसम्म पुर्याउने कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।
उनले नेपाली कांग्रेसलाई अझ समावेशी, गतिशील र जनमुखी बनाउन नेपाल दलित संघले रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै संगठनको हरेक तहमा दलित समुदायको सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
रामुदामुले पार्टीभित्र एकता, समन्वय र सहकार्यलाई सुदृढ बनाउँदै आगामी कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिने विश्वास व्यक्त गरे।



























