काठमाडौं। एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालको अध्यक्षमा जनक रावल पुनः सर्वसम्मत चयन भएका छन्।
मञ्चको नयाँ नेतृत्व चयनका क्रममा रावललाई पुनः अध्यक्षको जिम्मेवारी दिने निर्णय भएको हो। उपाध्यक्षमा दलवीर भण्डारी, दण्डपानी भट्टराई र महिला उपाध्यक्षमा सरिता घले चयन भएका छन्।
त्यस्तै, महासचिवमा सोमबहादुर तामाङ (सोम लामा), उपमहासचिवमा शिवहरी मैनाली (शितल) तथा सचिवमा अर्जुन बुढामगर र जनक पौडेल (रोहन) चयन भएका छन्।
नवनिर्वाचित नेतृत्वले वैदेशिक रोजगार व्यवसायीका समस्या, व्यवसाय सञ्चालनका चुनौती तथा क्षेत्र सुधारका विषयलाई प्राथमिकतामा राख्दै सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
विशेषगरी व्यवसायीका साझा समस्या समाधानका लागि सरकारसँग नीतिगत छलफल र समन्वयलाई प्रभावकारी बनाउने नयाँ नेतृत्वको मुख्य जिम्मेवारी रहनेछ। वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यवसायीमैत्री बनाउन मञ्चले थप सक्रिय भूमिका खेल्ने जनाएको छ।


























