काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन्। भ्रमणका क्रममा उनले विपत्तिपछिको पुनर्निर्माण, आर्थिक सहकार्य तथा नेपाल–भारतबीचका राजनीतिक र कूटनीतिक विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय सरकारका उच्च अधिकारी तथा सम्बन्धित पक्षसँग भेटवार्ता गर्नेछन्। भेटवार्तामा दुई देशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने, व्यापार तथा लगानी विस्तार गर्ने र विकास साझेदारीका विषयमा छलफल हुने बताइएको छ।
त्यस्तै, नेपालमा पछिल्लो समय देखिएका प्राकृतिक विपत्तिबाट भएको क्षति तथा त्यसपछिको पुनर्निर्माण र पुनःस्थापनाका विषयमा समेत भारतीय पक्षसँग छलफल हुने अपेक्षा गरिएको छ। विपत्तिपछिको पुनर्निर्माणमा आवश्यक सहयोग, स्रोत परिचालन तथा सम्भावित सहकार्यका विषय भ्रमणका क्रममा उठ्नेछन्।
भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धसँग जोडिएका राजनीतिक तथा कूटनीतिक विषयमा समेत छलफल हुने बताइएको छ। दुई देशबीचको आर्थिक सहकार्य, पूर्वाधार विकास, व्यापार, लगानी तथा आपसी हितका विषयमा छलफललाई प्राथमिकता दिइने जनाइएको छ।



























