काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नौ वर्षको यात्रा पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ। कम्पनीले वार्षिकोत्सवका अवसरमा ग्राहकको आवश्यकता र बजार अनुसार स्मार्ट, लचिलो तथा ग्राहककेन्द्रित बीमा योजना र सेवा विस्तारलाई निरन्तरता दिने जनाएको छ।
सन नेपाल लाइफले देशभरका हजारौँ इजाजतपत्र प्राप्त अभिकर्ताको बलियो सञ्जालमार्फत कम्पनीले आफ्नो सेवा विस्तार गर्दै बीमाको पहुँच बढाउँदै आएको छ।
ग्राहकलाई सहज र गुणस्तरीय बीमा सेवा उपलब्ध गराउने उद्देश्यले कम्पनीले देशभर आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउँदै लगेको कम्पनीको अध्यक्षमा अनुज कायल र प्रमुख कार्यकारी अधिकृतमा राजकुमार अर्याल छन्। कुशल व्यवस्थापनले बीमा सेवाको विस्तारसँगै इन्स्योरेन्स कम्पनीको वित्तीय आधारसमेत मजबुत बनाउँदै लगेको छ।
वार्षिकोत्सवका अवसरमा कम्पनीले आफ्ना ग्राहक, अभिकर्ता, नियमनकारी निकाय, शेयरधनी, कर्मचारी तथा सम्पूर्ण शुभेच्छुकप्रति निरन्तर विश्वास, सहयोग र सदभाव गरेकोमा कृतज्ञता प्रकट गरेको छ। यसका साथै आगामी दिनमा थप प्रभावकारी, गुणस्तरीय र उत्कृष्ट बीमा सेवा प्रदान गर्ने कम्पनीले प्रतिबद्धता व्यक्ति गरेको छ।




























