काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा रहेका १२ नेपाली सम्पर्कविहीन भएको जानकारी दिएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा इजरायलमा हमासबाट भइरहेको आक्रमणले सृजित परिस्थितिमा नेपालीको अवस्थाबारे जानकारी गराउँदै मन्त्री साउदले १२ जना नेपाली सम्पर्कविहीन भएका बताएका हुन् । उनका अनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरू सम्पर्कविहीन भएका हुन् ।
१७ जना नेपालीहरूमध्येबाट दुईजना सकुशल रहेको र तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै उनले बाँकी १२ जना सम्पर्कमा नभएको बताएका हुन् । तर, उनीहरुको स्थिति यकिन गर्न संयन्त्र परिचालन गरिएको उनले जानकारी दिए ।




























