काठमाडौं : आर्थिक वर्ष २०८१÷८२ को अन्तिम दिन बुधबार नेप्से परिसूचक ३४.६१ अंकले बढेर २७९४.७८ विन्दुमा पुग्दा करिब साढे चार महिनापछि बजार उच्च विन्दुमा पुगेको छ।
यसअघि फागुन २२ गते नेप्से २८१८ विन्दुमा पुगेको थियो। बुधबार ३३० स्टकका ९९ हजार ५०५ पटकको कारोबारमा १४ अर्ब ३ करोड रुपैयाँभन्दा बढी बराबरका ४ करोड ३१ लाख कित्ता शेयर किनबेच भए। कारोबार रकम पनि पछिल्लो साढे चार महिनामै सबैभन्दा उच्च हो। यस दिन थ्रिस्टार हाइड्रोपावर र १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को मूल्य १०५ ले बढ्दा ग्रीन डेभलपमेन्ट बैंक, एनआईबिएल स्टेबल फण्ड र अप्पर हेवाखोलाको मूल्य साढे ८ प्रतिशतले उकालो लागेको छ ।
माइ खोला हाइड्रोपावरको शेयरमूल्य भने ७.८ प्रतिशतले घटेको छ । बुटवल पावर कम्पनीको ६१ करोड, राधी विद्युतको ५६ करोड र सानिमा माइ हाइड्रोपावरको ४० करोड रुपैयाँबराबरको कारोबार भएको छ। १३ मध्ये १२ उपसमूहको परिसूचक हरियो रहँदा व्यापार उपसमूह मात्रै रातो भयो। विकास बैंक उपसमूह सबैभन्दा धेरै ३.८६ ले बढेको छ ।



























