काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढेको छ।
आज छापावाल सुन तोलाको १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार तोलाको १ लाख ९६ हजार ६ सयमा कारोबार भएको सुनको भाउ दुई दिनपछि झण्डै २ हजारले उक्लिएको हो। त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर २ हजार २८० रुपैयाँ पुगेको छ।
अघिल्लो कारोबार दिन आइतबार चाँदी तोलाको २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो। महासङ्घका अनुसार आज दश ग्राम सुनको मूल्य १ लाख ७० हजार १ सय ८० रुपैयाँ छ भने १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ५५ रुपैयाँ रहेको छ। सु



























