काठमाडौं। नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा विशेष तीज कार्यक्रम आयोजना गर्ने भएको छ।
यस वर्षको तीज कार्यक्रम भदौ ५ गते बिहीबार, दिउँसो १ बजेदेखि पुरानो बानेश्वरस्थित सिद्धार्थ कटेजमा हुने कार्यक्रममा वैदेशिक रोजगार क्षेत्रमा कृयाशील महिला व्यवसायीहरूलाई संघले निमन्त्रणा गरेको छ ।
महिलाहरूको महान् पर्वका रूपमा रहेको तीजलाई हर्षोल्लासका साथ मनाउने उद्देश्यले आयोजित यस कार्यक्रममा गीत ,नृत्य, र दर खाएर रमाउने बताईएको छ । यसले व्यावसायिक सम्बन्ध सुदृढ पार्नुका साथै नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्न पनि सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।
संघले सम्पूर्ण महिला व्यवसायीहरूलाई कार्यक्रममा सहभागी भई सफल बनाइदिन हार्दिक अनुरोध गरेको छ।




























