काठमाडौं । नेकपा (एमाले)का नेताहरू चढेको गाडी काभ्रेमा दुर्घटना भएको छ।
काभ्रेकाे तालढुंगाबाट बेथानचोकतर्फ आउँदै गरेको बा १४ च ७०७७ नम्बरको गाडी आइतबार दिउँसो दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आइतबार दिउँसो २ बजे ब्रेक फेल भएर गाडी दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर एमाले नेता नवीना लामा पनि घाइते भएकी छन्।
गाडीमा १८ जना सवार थिए। तीमध्ये ११ जना घाइते भएका छन्। उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


























