अमेरिका र अष्ट्रेलियमा बसोबास गर्दै सामाजिक अभियानमा सरिक आठ अभियन्ताहरुले एक विज्ञप्ति जारी गर्दै अहिलेको एनआरएनएले गैरआवासीय नेपालीहरुको प्रतिनिधित्व नगर्ने बताएका छन्।
सुरेन्द्रराज देवकोटा, पीएचडी, अमेरिका, राजेन्द्र बहादुर राउत, अमेरिका, रमेश पन्त, पीएचडी, अमेरिका, सुमन पराजुली, पीएचडी, अमेरिका, आमोद पोख्रेल, पीएचडी, अमेरिका, महेश भण्डारी, पीएचडी, अष्ट्रेलिया, घनश्याम भट्ट, पीएचडी, अमेरिका र तरुण पौडेल, अमेरिकाले अक्टोबर २७, २०२३ मा जारी गरेको विज्ञप्तिमा एनआरएनएका नाममा केहीले गर्ने चटकले सबै गैरआवासीय नेपालीको प्रतिनिधित्व नगर्ने भन्दै केहीको चटक, नैतिकताबिहिन र लाज लाग्ने गतिबिधीहरुले अधिकांश आप्रवासी नेपालीको प्रतिष्ठा र साखमा धक्का पुगेकोमा चिन्ता र चासो व्यक्त गरिएको छ।
अभियन्ताहरुले नेपाली नेपालीबीचमा विभाजन ल्याउने गरी भएका खेलवाडप्रति चनाखो हुन पनि सबै नेपालीहरुसँग आग्रह गरेका छन्।
यस्तो छ विज्ञप्तिको पूर्णपाठ
अहिलेको एनआरएनएले विदेशमा रहेका नेपालीको सही प्रतिनिधित्व गर्दैन !
विगत कैयन वर्षदेखि गैह्रआवासीय नेपालीको वास्तविक प्रतिनिधित्वका वारेमा प्रश्न उठिरहेको पृष्ठभूमी र दुई दुई वर्षमा काठमाण्डौंमा हुने अधिवेशनरसम्मेलनरजमघट तथा त्यहाँबाट घोषणा गरिने सिण्डीकेटेड पदाधीकारी र बन्ने÷बनाइने समितिले सन्सारभर छरीएका नेपाली आप्रवासीको प्रतिनिधित्व सही गर्दैनन ।
विश्वभरका देशहरुमा वर्षौंदेखि बिभिन्न इलम, अध्ययन, पेसा र ब्यवसायका शिलशिलामा रहेका लाखौं नेपालीको मातृभूमीप्रतिको माया, सद्भाव र सहयोगलाई दलीयकरण, ब्यापारीकरण र नगदीकरण गर्ने एनआरएनए भन्ने संगठन्, त्यसका मतियार र स्वघोषित नेतागणप्रति घोर आपत्ती जनाउदै उक्त संस्था प्रति नेपाल सरकार एवं थरिथरी राजनितिक दल, ब्यापारिहरुको स्वार्थी अभिष्टप्रति दुख प्रकट गर्दछौं ।
चाहे उत्तर अमेरिका, युरोप, अष्ट्रेलीया, मध्यपूर्व, अफ्रीका वा एसीयाली मुलुकमा रहेका नेपालीमूलका आप्रवासीहरु मध्य दुई प्रतिसतले पनि स्वेच्छाले सदस्यता नलिएको एनआरएनए को वास्तबिकता हो।
यसको सदस्य, उम्मेद्वार बन्नेरबनाउने, जित्नेरजिताउने, यावत कर्महरु अपारदर्शी मात्रै होइन कि निर्वाचन को प्रकृया नै खरिदबिक्री र लीलामी हुने गरेको सार्वजनिक भैरहन्छ। मुद्दा(मामिला, घिनलाग्दा गतिबिधिहरु निरन्तर चर्चाका विषय भैरहन्छन्।
यस संस्थाको प्रादुर्भाव नै अपारदर्शी र कतिपयको अबैध कर्मलाई बैधता दिलाउन भएको देखिदै आएको अहिले सरोकारवालाहरुलाई स्पष्ट हुँदैछ । त्यसकै चपेटामा गैरआवासीय नेपाली नागरिकता समेत परेको छ।
एनआरएनएका नाममा केहीले गर्ने चटक , नैतिकताबिहिन र लाज लाग्ने गतिबिधीहरुले अधिकांश आप्रवासी नेपालीको प्रतिष्ठा र साखमा धक्का पुग्ने काम भएकोले, हाम्रो चासो र चिन्ता अभिब्यक्त गरेका हौं।
विदेशमा नेपाली मूलका आप्रवासीका नाममा दलीय झण्डा, दलीय भाषा, दलीय भक्ती र ब्यक्ती विशेषहरुको साथै केही ब्यापारीको सेवा गर्ने, नेपालीहरु बिचमै फाटो र झगडा गराउने यस्तो एनआरएनए, यस्तो संरचना र खेलोमेलो आप्रवासी नेपालीको चाहना होइन।
बिदेशमा रहेका नेपाली र नेपालका बिचको संबन्ध बारेमा जुन भाष्य निर्माण गर्न खोजिदै छ, साथै देश भित्र र बाहिरका नेपाली नेपाली बिचको भ्रातृत्व र भावनामा खेलबाड गर्ने र आपसमा बिभाजन गराउने किसिमका गतिबिधिहरु प्रति चनाखो रहन सबै नेपालीलाई आग्रह गर्दछौं । बलियो नेपाल, एकिकृत नेपाली, आप्रवासी नेपालीको परिष्कृत सहकार्य( हाम्रो आह्वान हो ।


























